• vacancy ad
  • दिल्लीमा भएका झलनाथको हस्ताक्षर सनाखत, रेशम चाैधरीको भएन

  • Ad Space available
  • काठमाडौं। नेकपा एकीकृत समाजवादी पार्टी दर्ताका लागि वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको हस्ताक्षर सनाखत भएको छ।

    नयाँदिल्लीस्थित नेपाली दूतावासमार्फत खनालको हस्ताक्षर सनाखत गरिएको निर्वाचन आयोगले जनाएको छ।

    एमाले विभाजन गरी एकीकृत समाजवादी पार्टी दर्ता गर्न नेताहरुले दिएको निवेदनमा निर्वाचन आयोगले बुधबार केन्द्रीय सदस्यहरुलाई सनाखत गर्न बोलाएको थियो।

    खनाल भने उपचारका लागि दिल्लीमा रहेका कारण सनाखतका लागि निर्वाचन आयोगमा आउन नसक्ने अवस्थामा थिए।

    जनता समाजवादी पार्टी विभाजन भई बनेको लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि भने सांसद रेशम चौधरीको हस्ताक्षर सनाखत भएन।

    महन्थ ठाकुर पक्षले निर्वाचन आयोगमा दल दर्ताका लागि दिएको निवेदनमा
    चौधरीको नाम नरहेका कारण उनको हस्ताक्षर सनाखत नभएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।

    सिफारिस
    लोकप्रिय