नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार बुधबार १५ हजार २९० जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।
आज काठमाडौंमा ५१५, भक्तपुरमा १४२ र ललितपुरमा ८८ जना संक्रमित थपिएका हुन् ।
आज १ हजार ७१९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
कोरोना संक्रमणबाट थप ४४ जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या १० हजार ६१२ पुगेको छ ।
सिफारिस
लोकप्रिय


