काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज ९बुधवार० पत्रकार सम्मेलन गर्दैछन् । अध्यक्ष ओलीले तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा आज बिहान ११ बजे पत्रकार सम्मेलन गर्न लागेका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
एमालेमा लामो समय तटस्थ रहेका नेताहरू मंगलवारको स्थायी कमिटी बैठकमा सहभागी भएपछिको सन्दर्भमा अध्यक्ष ओलीले सम्बोधन गर्ने जनाइएको छ ।
बैठकले २०७५ जेठ २ गते पूर्वको जिम्मेवारीमा क्रियाशील हुन सबै पदाधिकारी र सदस्यलाई निर्देशन दिएको छ । मंगलवारको बैठकमा एकताको पक्षमा रहेका १० जना स्थायी कमिटी सदस्य समेत सहभागी भएका थिए ।
सिफारिस
लोकप्रिय


