काठमाडौं । निर्वाचन आयोगले प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीका नेताहरूको सनाखतका लागि आजको समय तोकेको छ । बिहान साढे ११ देखि दिउँसो २ बजेसम्म आवश्यक संख्यामा सांसदरकेन्द्रीय सदस्य उपस्थित भएर सनाखत गर्नुपर्ने हुन्छ ।
सशरीर उपस्थित भएर सनाखत गर्नुपर्ने आयोगले जनाएको छ । प्रस्तावित उक्त पार्टीका नेताहरू मंगलबार पनि काठमाडौंको चन्द्रागिरिमा बसे । उनीहरू भेलाको लागि सोमबारै त्यहाँ गएका थिए । नेता प्रेम आलेका अनुसार आज त्यतैबाट निर्वाचन आयोग जाने तयारी गरिएको छ ।
नयाँ दल दर्ताको प्रक्रिया अघि बढाएको माधवकुमार नेपाल पक्षलाई आयोगले सनाखतका लागि बोलाएको हो । त्यस्तै जनता समाजवादी पार्टी विभाजन गरेर नयाँ दल गठनको लागि निवेदन दिएका महन्थ ठाकुर समूह पनि आज नै सनाखतको लागि निर्वाचन आयोग जाँदै छन् ।
सिफारिस
लोकप्रिय