• vacancy ad
  • रोल्पामा अरिंगालको टोकाइबाट बालकको मृत्यु

  • Ad Space available
  • लिवाङ। रोल्पामा अरिङ्गालको टोकाइबाट आज एक बालकको मृत्यु भएको छ।

    रोल्पा नगरपालिका–८ जंकोट बामरुक निवासी कुशल पुनमगर र रेजिना पुनमगरका छोरा ११ वर्षीय प्रवीण पुनमगरको अरिंगालको टोकाइबाट मृत्यु भएको मृतकका ठूलाबुवा धुव्रचन्द्र पुन मगरले जानकारी दिए।

    ad space

    घरदेखि केही टाढा बाख्रा ग्वालाबाट घर फर्किने क्रममा बेलुकी साढे ५ बजेतिर चिउरीको बोटबाट निस्किएका अरिङ्गाले उनलाई टोकेको थियो।

    उनलाई प्राथमिक स्वास्थ्य चौकी जंकोटमा प्राथमिक उपचारपछि थप उपचारका लागि रोल्पा अस्पताल रेउघामा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको पुनले जानकारी दिए। उनी कक्षा ६ मा अध्यनरत थिए।

  • ad space
  • सिफारिस
    लोकप्रिय