• vacancy ad
  • ऋण तिर्न ऋणीहरूलाई पुस मसान्तदेखि एक वर्ष म्याद थप

  • Ad Space available
  • काठमाडौं। नेपाल राष्ट्र बैंकले ऋणीहरूलाई ऋण तिर्न एक वर्षको म्याद थप गर्न निर्देशन दिएको छ।

    कोभिडबाट प्रभावित ऋणीहरुलाई ऋण तिर्न अतिरिक्त समय उपलब्ध हुने भएको हो।

    ad space

    नेपाल राष्ट्र बैंकले मंगलबार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुलाई एकीकृत निर्देशन जारी गर्दै सो निर्देशन दिएको हो।

    यो सुविधा कोभिड–१९ बाट अति प्रभावित क्षेत्रहरु मध्ये रेष्टुरेण्ट, पार्टी प्यालेस, सार्वजनिक यातायात, शिक्षण संस्था र मनोरञ्जन व्यवसाय तथा नगद प्रबाह अवरुद्ध भएका लघु, घरेलु, साना तथा मझौला व्यवसायीले पाउनेछन्।

    निर्देशनमा भनिएको छ,‘कोभिड–१९ को असर मूल्यांकन गरी त्यस्ता ऋणीहरुले २०७८ पुस मसान्तसम्म भुक्तान गर्नुपर्ने साँवा तथा ब्याज दायित्वलाई एक वर्ष सम्म म्याद थप गरी कम्तीमा चार किस्तामा असुली गर्ने व्यवस्था मिलाउनु पर्नेछ।’

    यस्तो ब्याजलाई पुँजीकरण गर्न नपाइने तथा पेनाल ब्याजसमेत नलाग्ने व्यवस्था मिलाउन समेत राष्ट्र बैंकले निर्देशन दिएको छ।

  • ad space
  • सिफारिस
    लोकप्रिय