• vacancy ad
  • शंकर ज‍ोगिन सकस, एमाले सांसद माओवादीमा प्रवेश

  • Ad Space available
  • लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलको राजनीतिक चतुर्‍याइँलाई उनकै सांसदले साथ नदिएपछि संकट उत्पन्न भएको छ । एमालेकी सांसद विमला ओली माओवादी केन्द्रमा प्रवेश गरेपछि ठूलो दलको हैसियतले सरकार बनाउने प्रयासमन धक्का लागेको हो । अन्य दलले बहुमत देखाएसम्म ठूलो दलले सरकार बनाउने अवसर पाउदैँन । ओली माओवादी केन्द्रमा प्रवेश गरेसँगै मुख्यमन्त्री शंकर पोखरेलको बहुमत गुमेको छ ।

    लुम्बिनी प्रदेशसभामा ८१ सदस्य कायम छन् । त्यसमा बहुमतका लागि ४१ सिट आवश्यक पर्छ ।

    ad space

    एमालेको ४१ सिट भए पनि ओली माओवादी केन्द्रमा प्रवेश गरेपछि ४० सिट कायम भएको छ । त्यसैले पोखरेल अब अल्पमतको सरकारको नेतृत्व गर्नुपर्नेछ ।

  • ad space
  • सिफारिस