• vacancy ad
  • एमाले २ जेठ, २०७५ मा फर्किने, दशौं महाधिवेशन मंसिरमा

  • Ad Space available
  • काठमाडाैं। नेकपा (एमाले)ले आगामी मंसिर १० देखि १२ गतेसम्म दशौं महाधिवेशन गर्ने निर्णय गरेको छ।

    तुल्सीलाल स्मृति प्रतिष्ठानमा आज बसेको स्थायी कमिटिको बैठकले दशौं महाधिवेशनको मिति तय गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए।

    ad space

    यस्तै, आगामी असोज ४, ५ र ६ गते विधान अधिवेशन गर्ने पनि निर्णय गरेको छ। महाधिवेशन र विधान अधिवेशन दुवै काठमाडौंमा नै आयोजना गरिने प्रवक्ता ज्ञवालीले बताए।

    यस्तै, अर्को पार्टी बनाउने तयारीमा रहेका माधव नेपालसहितका नेता तथा कार्यकर्तालाई पार्टी एकतामा आउन बैठकले आह्वान गरेको छ।

    बैठकले पार्टीका सबै निकायलाई २०७५ जेठ २ पूर्वको जिम्मेवारीमा क्रियाशील हुन निर्देशन दिइएको छ। गत असार २७ गतेको १० बुँदे सहमतिका आधारमा क्रियाशील हुन सबै निकायलाई निर्देशन दिइएको जनाइएको छ।

    यस्तै, १० बुँदे सहमति कार्यान्वयनका लागि महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा उपाध्यक्ष भीम रावल, उपमहासचिव विष्णु पौडेल र घनश्याम भुसाल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र लेखराज भट्ट सदस्य रहेको कार्यदल गठन गरिएको छ।

    पार्टी २ जेठ, २०७५ मा फर्किने भनिएपनि पछि एकतामा आएमा माओवादी नेताहरू समेत सहभागी भएका छन्। यसलाइ धेरै नेकपाकालमा फर्किएको टिप्पणी गरेका छन्।

  • ad space
  • सिफारिस
    लोकप्रिय