
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सिइओ) चन्द्रसिंह साउदले राजीनामा दिएका छन्। साउदले नैतिकताका आधारमा आजकै दिनबाट लागू हुने गरी राजीनामा दिएको बताएका छन् ।
सर्वोत्तम सिमेन्टको बुकबिल्डिङ प्रक्रियामा रहेका वेला सोही कम्पनीमा आफ्नी श्रीमतीको नाममा सेयर किनेको आरोप साउदमाथि लागेको थियो।
साउदलाई पछिल्लो समय अर्थ मन्त्रालयले स्पष्टीकरण सोधेको थियो। त्यस्तै संसदीय समितिले पनि उनलाई निलम्बन गरेर छानबिन गर्ने निर्णय गरेको थियो। साउदको कार्यकाल ३ महिनामात्र बाँकी थियो ।
सिफारिस
लोकप्रिय