• vacancy ad
  • कसैकाे ‘वार्ता र सहमति’को भ्रममा नपर्न नेता-कार्यकर्तालाई माधव नेपालको अपिल

  • Ad Space available
  • काठमाडौँ – प्रस्तावित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने काममा दृढतापूर्वक उभिन अपिल गरेका छन् । नयाँ कम्युनिष्ट पार्टी दर्ताको प्रक्रियाअगाडि बढिरहेको सन्दर्भमा‘वार्ता र सहमति’का भ्रमपूर्ण समाचारहरू सार्वजनिक भएको भन्‍दै नेता नेपालले त्यसको भ्रममा नपर्न नेता-कार्यकर्तामा अपिल गरेका हुन् ।

    उनले दक्षिणपन्थी विसर्जनवाद, विकृति, अन्याय र विसंगतिविरूद्ध विद्रोह गर्दै कम्युनिष्ट आन्दोलन र संस्कृतिको रक्षा, मुलुकको समृद्धि एवम् जनतालाई खुसी प्रदान गर्ने लक्ष्यसहित नयॅा पार्टी दर्ताको प्रकृयामा रहेको बताएका छन् ।

    ad space

    ‘दक्षिणपन्थी विसर्जनवाद, विकृती, अन्याय र विसंगतिका विरूद्ध विद्रोह गर्दै कम्युनिष्ट आन्दोलन र सॅस्कृतिको रक्षा, मुलुकको समृद्धि एवम् जनतालाई खुसी प्रदान गर्ने लक्ष्य सहित नयॅा कम्युनिष्ट पार्टी दर्ताको प्रक्रिया अगाडि बढिरहेको सन्दर्भमा पटक पटकका बेइमानी एवम् धोखाधडीको निरन्तरता स्वरूप नै ‘वार्ता र सहमती’ का भ्रमपूर्ण समाचारहरू सार्वजनिक भएका छन्। अत: यस प्रकारका छलकपटपूर्ण समाचारबाट भ्रममा नपरी हाम्रो पार्टी एवम् नेपालको कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने काममा दृढतापूर्वक उभिन सम्पूर्ण पार्टी पंक्ति, न्यायप्रेमी एवम् क्रान्तिकारी जनसमुदायमा हार्दिक अपिल गर्दछु’ नेपालले फेसबुकमा लेखेका छन् ।

  • ad space
  • सिफारिस
    लोकप्रिय