काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला प्रेस सल्लाहकार रहेको एमाले नेता सूर्य थापाका सामाजिक सञ्जालमार्फत विरोधीप्रति तिखो टिप्पणी गर्न रुचाउने व्यक्ति हुन् ।
विरोधीलाई जसरी पनि बिझ्ने गरी आलोचना गर्ने उनका टिप्पणीहरु धेरै पटक विवादित पनि भएका छन् । पछिल्लो चरणमा एमाले एकीकरणको राग अलाप्न नथाक्ने आफ्नै पार्टीका नेताहरुलाई उनले निरपेक्ष एकताको गीत गाउनु अर्थहीन भएको ट्वीट गर्दै ओलीसँगको फोटो अपलोड गरेका छन् ।
विरोधीले पोस्ट गर्ने खालको आफ्ना अध्यक्षको फोटो पोस्ट गर्दै उनले ‘विरोधीप्रति चनाखो नभई’ भन्ने अभिव्यक्तिले स्वयम् ओलीलाई सचेत गराएका छन् । उनले अगाडि भनेका छन्, “ विघटित कार्यदलले सुझाएका १० बुँदालाई स्थायी र केन्द्रीय कमिटीका बैठकहरूले ग्रहण,अनुमोदन र कार्यान्वयन गर्ने निर्णय गरिसकेकै छन्।”
सिफारिस
लोकप्रिय