• vacancy ad
  • पौडेल समूहका जिल्ला सभापतिले आजदेखि पार्टी कार्यालयमा धर्ना दिने

  • Ad Space available
  • काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको समूहमा आवद्ध जिल्ला सभापतिहरूले मंगलबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिने भएका छन्।

    यसअघि शनिबार उनीहरुले सोमबारसम्म क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्न माग गर्दै सभापति शेरबहादुर देउवालाई दुई दिने अल्टिमेटम दिएका थिए।

    ad space

    त सभापति देउवाले क्रियाशील सदस्यता सार्वजनिक गर्न चासो नदिएपछि पौडेल पक्षीय जिल्ला सभापतिहरू मंगलबारदेखि सानेपामा धर्ना बस्ने नुवाकोटका जिल्ला सभापति जगदीश्वर नरसिंह केसीले जानकारी दिए।

    उनीहरुले शनिबार देउवालाई इमेलमार्फत तीन बुँदे मागपत्र बुझाउँदै अविलम्ब क्रियाशील सदस्यताको सम्पूर्ण सूची सार्वजनिक गर्न माग गरेका थिए।

    पौडेल समूहका सभापतिहरूले क्रियाशील सदस्यता सूचीका त्रुटीमाथि पार्टीको विधि, विधान र निर्धारित मापदण्ड बमोजिम सत्यतथ्य छानविन गरेर मात्रै अन्तिम रुप दिन माग गरेका छन्।
    तर, उता क्रियाशील विवाद समाधान भएको भन्दै देउवा र वरिष्ठ नेता पौडेलले विवाद समाधानको लागि गठित कार्यदलको प्रतिवेदन पनि हिजो साँझनै बुझेका छन् ।

  • ad space
  • सिफारिस
    लोकप्रिय