• vacancy ad
  • विदेशी सेना नहटेसम्म तालिबानले नयाँ सरकार नबनाउने

  • Ad Space available
  • एजेन्सी। अमेरिकाले अफगानिस्तानमा रहेका सबै सेना फिर्ता नगरेसम्म तालिबानले आफ्नो सरकारको संरचना घोषणा नगर्ने बताएको छ।

    तालिबान एक नेताले भने, ‘अफगानिस्तानमा एक जना पनि अमेरिकी सैनिक उपस्थित भएसम्म सरकार र मन्त्रिपरिषद् गठनको घोषणा नगर्ने निर्णय भएको छ।’

    ad space

    यो भनाइलाई पुष्टि गर्न सोधिएको प्रश्नमा अर्का एक नेताले पनि सोही कुरा बताए।

    काबुल विमानस्थल अस्तव्यस्त रहँदा अमेरिका र उसका सहयोगी राष्ट्रहरूले आगामी हप्ताभन्दा बढी अफगानिस्तानमा आफ्नो उपस्थिति विस्तार गरेमा यसबाट आउने ‘परिणाम’को जिम्मेवार उनीहरूले लिनुपर्ने तालिबान समूहले बताएको छ।

    अगस्त ३१ को समय सीमाभन्दा दुई हप्ताअघि सबै फौज देशबाट पूर्णतया हट्न लागेको समय गत साता तालिकानले अफगानिस्तानमाथि कब्जा जमाएका छन्।

    विदेशी र अफगानीहरूको हवाई यात्राको व्यवस्थापन भद्रगोल अवस्थामा रहेको र धेरै पश्चिमी राष्ट्रहरूमाथि तालिवानले प्रतिशोध लिने भय अमेरिका तथा यूरोपेली मुलुकहरूमा देखिएको छ।

    त्यसैले बहिर्गमन प्रक्रियाको अन्तिम समयमा हजारौं सिपाहीहरू अफगानिस्तानमा फर्किएका छन्। यसले अफगानिस्तानको सैन्य गठबन्धनमा नेतृत्व गरेको अमेरिकालाई बहिर्गमन प्रक्रियालाई लम्ब्याउन दबाव परिरहेको छ।

    अहिलेसम्म तालिबानले भने अमेरिकी सेनाको बहिर्गमन प्रक्रियामा सम्झौता गर्न कुनै इच्छा देखाएका छैनन्।

    तालिबान प्रवक्ता सुहेल शहिनले भने, “यदि अमेरिका वा बेलायतले उद्धार कार्य जारी राख्न थप समय खोज्ने हो यसमा तालिवान सहमत हुने छैन। अर्थात् यसको ‘परिणाम’ को जिम्मेवार उनीहरू नै हुनुपर्नेछ।”

  • ad space
  • सिफारिस
    लोकप्रिय