
नेकपा एमाले फुटाएर नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता गराउने निर्णयमा पुगेका नेता माधकुमार नेपालले पक्षीय नेताहरूलाई चन्द्रागिरी रिसोर्टमा बोलाएका छन् ।
बुधबार निर्वाचन आयोगमा नयाँ पार्टीका लागि सनाखत गर्नुपर्ने भएपछि नेता नेपालले आफू पक्षीय नेताहरुलाई आज रातिको बास बस्ने गरी चन्द्रागिरी रिसोर्टमा बोलाएका हुन् । नयाँ पार्टी बनाउन हस्ताक्षर गरेका एमालेका ५८ जनासहितका नेतालाई चन्द्रागिरी रिसोर्टमा बोलाइएको हो।
माधव नेपालसहित उनी पक्षीय सबै नेताहरु मंगलबार दिनभर त्यही बस्नेछन् । रिसोर्टमा करिब एक सय जनालाई पुग्ने कोठा बुक गरिएको बताइएको छ । कतिपय नेता त्यहाँ पुगिसकेका छन् अन्य पुग्ने क्रममा छन् ।
सिफारिस
लोकप्रिय