काठमाडौं। इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाईटेडले साउथ ह्याम्प्टनसँग १–१ गाेलको बराबरी खेलेको छ।
साउथह्याम्पटनको मैदानमा सुरुवाती अग्रता बनाएपनि घरेलु टोलीले त्यसलाइ जोगाउन सकेन। खेलको ३० औं मिनेटमा युनाईटेडका फ्रेडले आत्मघाती गोल गरेपछि साउथह्याम्पटनले कायम गरेको थियो।
साउथह्याम्पटनका चे एडम्सले गरेको प्रहार रोक्ने क्रममा फ्रेडले आत्मघाती गोल गर्न पुगेका थिए।
खेलको ५५ औं मिनेटमा मासन ग्रीनउडले पाउन पोग्बाको पासमा युनाइटेडका लागि बराबरी गोल फर्काए। बराबरीसँगै युनाईटेडले २ खेलमा ४ अंक जोडेको छ।
सिफारिस
लोकप्रिय



