• vacancy ad
  • प्रधानमन्त्री देउवा र बीजेपी नेता चौथाइवालेबीच भेटवार्ता

  • Ad Space available
  • भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (बीजेपी) का विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् । अकस्मात काठमाडौं आएका चौथाइवालेले आइतबार प्रधानमन्त्री देउवालाई भेटेका हुन् ।

    आइतबार चौथाइवालेले ट्वीटरमार्फत आफूले प्रधानमन्त्री देउवालाई भेटेको जानकारी दिएका हुन् । उनले ट्विटरमा देउवासँगै खिचेको फोटोसमेत शेयर गरेका छन् ।

    ad space

    उनले भेटमा आफूले देउवालाई जनैपूर्णिमा र रक्षाबन्धनको उपलक्ष्यमा शुभकामना दिएको र प्रधानमन्त्री बनेको बधाई दिएको उल्लेख गरेका छन् । यस्तै दुईजनामा पार्टी-पार्टी बीचको संवादको सहमति समेत बनेको उनले जनाएका छन् ।

    प्रधानमन्त्री पदमा देउवा नियुक्त भएसँगै भारतीय संस्थापन पक्षका तर्फबाट आउने चौथाइवाले सबैभन्दा उच्च पदाधिकारी हुन् । उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वास पात्र मानिन्छन् । 

    चौथाइवाले यसअघि गत मंसिरमा नेपाल आएका थिए । सो क्रममा उनले  तत्कालीन प्रधानमन्त्री केपी ओलीसहितका नेताहरूसँग गरेको भेटघाट चर्चित बनेको थियो । 

    
    
    
  • ad space
  • सिफारिस
    लोकप्रिय