• vacancy ad
  • पूर्वमुख्यसचिव लिलामणि पौडेललाई पितृशोक

  • Ad Space available

  • पूर्वमुख्यसचिव एवं वाग्मती सफाइ महाअभियानका प्रमुख अभियानकर्मी लीलामणि पौडेललाई पितृशोक परेको छ ।

    पौडेलका पिता ८९ वर्षीय अनन्तराम पौडेलको शनिबार बेलुकी ६ बजे गुल्मी जिल्ला रुरु क्षेत्र गाउँपालिका–४ थप्लुङमा निधन भएको वाग्मती सफाइ अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए ।

    स्व पौडेलको आज बिहान रुरु क्षेत्र गाउँपालिका–१ रिडीमा धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिएको छ । उनका श्रीमती, तीन छोरा र छ छोरी छन् ।

    सिफारिस
    लोकप्रिय