• vacancy ad
  • ओलीलाई अल्टिमेटम दिएकाहरुलाई गोकुल बास्कोटाको जवाफ : जानेलाई बाटाे खुला छ

  • Ad Space available
  • काठमाडाैँ – आफू पहिले रहेको माधव नेपाल समूहले नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी) गठन गरिसकेको भए पनि भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्टलगायतका नेताले अझै एमालेमै एकता खोजिरहेका छन्।

    त्यसका लागि उनीहरूले १० बुँदे सहमति पालनाका लागि अध्यक्ष केपी शर्मा ओलीलाई मंगलबारसम्मको समयसीमा दिएका छन्। अन्यथा आफूहरू दल रोज्न स्वतन्त्र हुने चेतावनी दिएका छन्। त्यो भनेको नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी) मा पनि जान सकिने संकेत हो।

    यसैलाई संकेत गर्दै ओलीका अति निकट मानिने पूर्वमन्त्रीसमेत रहेका नेता बाँस्काटाले शनिबार सामाजिक सञ्जालमार्फत जानेहरूलाई बाटो खुला रहेको जवाफ दिएका हुन्। बाँस्कोटाले निकै घुमाउरो र कूटनीतिक ढंगले व्यंग्यात्मक तर गम्भीर टिप्पणी गरेका छन्।

    ‘मंगलबारे समयको रोइलो मैले बुझिनँ। बस्नेलाई राडी बिच्छ्यएको फलैचा जानेलाई बाटो। काग र कोइली कालै देखिन्छन् र चलाख पनि,’ उनले लेखेका छन्, ‘तर खास फरक गृष्मयाममा देखिन्छ। र, सबैलाई थाहा छ– मंगलबारपछि बुधबार आउँछ।’

    सिफारिस
    लोकप्रिय