

काठमाडाैं। इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा लिभरपुलले लगातार दोस्रो जित हात पारेको छ।
शनिबार साँझ भएको लिगको दोस्रो खेलमा लिभरपुलले बर्नलीलाई २–० ले पराजित गरेको हो। लिभरपुलको जितमा डिएगो जोटा र सादियो मानेले एक एक गोल गरे।
खेलको १८औं मिनेटमा गोल गर्दै जोटाले घरेलु टिमलाई अग्रता दिलाएका थिए। मानेले ६९ औं मिनेटमा गोल गर्दै २–० को जित दिलाए।
लिभरपुल दुई खेलबाट ६ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
बर्नलीको यो लगातार दोस्रो हार हो।
सिफारिस
लोकप्रिय