• vacancy ad
  • इंग्लिस प्रिमियर लिगमा लिभरपुलको लगातार दोस्रो जित

  • Ad Space available
  • काठमाडाैं। इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा लिभरपुलले लगातार दोस्रो जित हात पारेको छ।

    शनिबार साँझ भएको लिगको दोस्रो खेलमा लिभरपुलले बर्नलीलाई २–० ले पराजित गरेको हो। लिभरपुलको जितमा डिएगो जोटा र सादियो मानेले एक एक गोल गरे।

    खेलको १८औं मिनेटमा गोल गर्दै जोटाले घरेलु टिमलाई अग्रता दिलाएका थिए। मानेले ६९ औं मिनेटमा गोल गर्दै २–० को जित दिलाए।

    लिभरपुल दुई खेलबाट ६ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
    बर्नलीको यो लगातार दोस्रो हार हो।

    सिफारिस
    लोकप्रिय