• vacancy ad
  • साफ च्याम्पियनसिपको खेल तालिका परिवर्तन

  • Ad Space available
  • काठमाडौं। माल्दिभ्समा आयोजना हुने १३औं साफ च्याम्पियनसिप फुटबलको खेल तालिका परिवर्तन गरिएको छ।

    दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले शनिबार निकालेको नयाँ तालिका अनुसार साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुनेछ।

    नेपालले पहिलो खेलमा आयोजक माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ। नेपाल र माल्दिभ्सबीचको खेल अक्टोबर १ (असोज १५) मा मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ।

    नेपालले दोस्रो खेलमा श्रीलंकासँग ४ अक्टोबरमा (असोज १८) गते र तेस्रो खेलमा भारतसँग १० अक्टोबर (असोज २४) र लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग १३ अक्टोबरमा (असोज २७) मा खेल्नेछ।

    पाँच राष्ट्र सहभागी प्रतियोगिताको लिग चरणको खेलपछि शीर्ष दुई टोलीबीच उपाधिका लागि १६ अक्टोबर (असोज ३०) मा प्रतिस्पर्धा हुनेछ।

    सिफारिस
    लोकप्रिय