• vacancy ad
  • तालिबान कब्जाको एक साता : खुलेनन् बैंक, छैन एटीएममा पैसा

  • Ad Space available
  • एजेन्सी। अफगानिस्तानमा एक सातादेखि सम्पूर्ण बैंकको कारोबार ठप्प छ भने एटीएम मेशिनमा समेत पैसा सकिएको छ ।

    बैंकिङ कारोबार ठप्प हुँदा त्यहाँका जनताले हैरानी खप्नुपरेको छ । अफगानिस्तानमा यतिबेला एउटा पनि बैंकले काम गरेका छैनन् भने अन्य मनी ट्रान्सफर सेवा दिने कार्यालय समेत बन्द छन्।

    ad space

    त्यसकारण विदेशमा रहेकाले समेत आफ्ना आफन्तलाई पैसा पठाउन सकेका छैनन् ।
    आम मानिसहरुसँग भएको पैसा सकिदै गएको छ ।

    काबुल र अन्य बाहिरी क्षेत्रमा समेत नगद रकमको अभाव बढेको छ । रकमको अभावमा मानिसहरुले दैनिक उपभोग्य सामग्री खरिद गर्न समेत पाएका छैनन् ।

  • ad space
  • सिफारिस
    लोकप्रिय