• vacancy ad
  • अमेरिकाद्वारा चीनका लागि नयाँ राजदूत नियुक्त

    China map
  • Ad Space available
  • एजेन्सी। अमेरिकाको नयाँ सरकारले चीनका लागि नयाँ राजदूत नियुक्त गरेको छ।

    राष्ट्रपति जो बाइडेनले निकोलास बुर्नसलाई चीनका लागि राजदूतको जिम्मेवारी दिएको राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जनाएको छ।

    ad space

    ६५ वर्ष भएका निकोलास हावर्ड विश्वविद्यालयमा अन्तरराष्ट्रिय सम्वन्ध विषयका प्राध्यापक छन्। उनलाई अमेरिकाको वरिष्ठ कुटनीतिज्ञका रुपमा पनि चिनिन्छ।

    उनले यसअघि कुटनीतिक सरकारी अधिकारीको रुपमा झण्डै २७ वर्ष सेवा गरेका थिए। सरकारको वर्गिकरणमा उनी विदेश मन्त्रालयको तेस्रो उच्च तहमा
    थिए।

    निकोलस सन् २००१ देखि २००५ सम्ममा नेटोका लागि राजदूत भएका थिए।
    त्योभन्दा अगाडि ग्रिसका लागि राजदूत भएका थिए भने विदेश मन्त्रालयको प्रवक्तासमेत भएका थिए।

    त्यसैगरी जर्ज एचडब्लु बुस र विल क्लिन्टन राष्ट्रपति भएका बेला राष्ट्रपति कार्यालयको राष्ट्रिय सुरक्षा परिषद्समेतमा उनले काम गरेका थिए।

  • ad space
  • सिफारिस
    लोकप्रिय