• vacancy ad
  • जापानबाट आइपुग्यो थप २ लाख डोज खोप

  • Ad Space available
  • जापानले अनुदान सहयोग गरेको कोरोनाविरुद्धको थप दुई लाख डोज खोप नेपाल आइपुगेको छ ।

    जापान सरकारले १६ लाख १४ हजार ७४० डोज एस्ट्राजेनेका खोप अनुदानमा दिएको खोप मध्ये शनिबार थप २ लाख ८ हजार ७ सय डोज खोप काठमाडौं आइपुगेको हो ।

    ad space

    यसअघि ९ लाख डोज खोप प्राप्त भइसकेको छ । बाँकी खोप आइतबार वा सोमबारसम्म प्राप्त हुने स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिएका छन् ।

    “जापान सरकारको सौजन्यमा प्राप्त हुने १६ लाख १४ हजार ७४० मात्रा अष्ट्राजेनेका खोपमध्ये २ लाख ८ हजार ७०० मात्रा खोप आज प्राप्त भएको छ । यसअघि साउन २३ र २४ मा गरी ९ लाख मात्रा खोप प्राप्त भैसकेको छ । बाँकी खोप आइतबार र सोमबार प्राप्त हुनेछ,” उनले भनेका छन् ।

    हालसम्म नेपालमा ३७ लाख ९९ हजार १७८ जनाले कोरोनाको दुवै डोज खोप लगाएका छन् भने ४९ लाख ७ हजार ५२३ जनाले सिंगल डोज खोप लगाएको स्वास्थ्य मन्त्रालयको पछिल्लो अपडेटमा उल्लेख छ ।

  • ad space
  • सिफारिस
    लोकप्रिय