• vacancy ad
  • ग्यारी काहिल बर्नमाउथमा अनुबन्धित

  • Ad Space available
  • एजेन्सी । इंग्ल्यान्डको राष्ट्रिय टोलीका पूर्वडिफेन्डर ग्यारी काहिल च्याम्पियनसिप क्लब बर्नमाउथमा अनुबन्धित भएका छन्।

    बर्नमाउथले ३५ वर्षीय डिफेन्डर काहिललाई १ वर्षका लागि अनुबन्ध गरिएको जनाएको छ।

    ad space

    चेल्सीबाट सन् २०१९ मा क्रिष्टल प्यालेसमा अनुबन्धित भएका उनी दुई वर्ष बिताएर बर्नमाउथ गएका हुन्।

    उनले क्रिस्टलका लागि ४७ खेल खेले। गत सिजन २० प्रिमियर लिग खेलमा १ गोल गरेका थिए।

    चेल्सीबाट उनले दुई पटक प्रिमियर लिग, २ पटक एफए कप, २ पटक युरोपा लिग र एक च्याम्पियन्स लिगको उपाधि जितेका थिए।

  • ad space
  • सिफारिस
    लोकप्रिय