काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनाल कोरोना संक्रमित भएका छन् ।
झाडापखाला लागेपछि मनमोहन अस्पताल भर्ना भएका खनाललाई कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण देखिएपछि उनलाई मनमोहनबाट नर्भिक अस्पताल ल्याइएको बताइएको छ । खनालको अवस्था सामान्य छ।