• vacancy ad
  • दोधारमा परेका एमाले नेता-कार्यकर्तालाई गोकुल बाँस्कोटाको सुझावः मन एकातिर, तन अर्कातिर नगर्नू

  • Ad Space available
  • वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी नेकपा एमाले (समाजवादी) गठन गरेपछि अहिले नेकपा एमालेका नेता/कार्यकर्ताहरू कतातर्फ लाग्ने भन्ने ठूलो दोधारमा परेका छन्। केन्द्रीय तहकै कतिपय नेताले समेत आफ्नो बाटो अझै स्पष्ट पारिसकेका छैनन्। 

    यसै सन्दर्भमा एमालेका केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले तिनलाई मन एकातिर, तन अर्कातिर नगर्न सुझाव दिएका छन्। 

    ad space

    पूर्वमन्त्रीसमेत रहेका उनी भन्छन्, ‘त्यसो गर्दा गति र आत्मविश्वास दुवै गुम्छ। जता मन लाग्छ त्यता लाग्नु बेस।’ तर उनले उस्तै प्रकृतिको नयाँ पार्टी नटिक्ने दाबी गर्दै आफ्नै एमालेतिर लाग्न अप्रत्यक्ष ढंगले प्रेरित पनि गरेका छन्। 

    ओलीका प्रिय पात्र बाँस्कोटा थप्छन्, ‘तर तथ्य भन्छ– नेपालमा उस्तै प्रकृतिको नयाँ पार्टी टिक्दैन। वर्षेच्याउ र फुटेका पार्टीको आयु क्षणिक नै हुन्छ।’

  • ad space
  • सिफारिस
    लोकप्रिय