• vacancy ad
  • देशलाई अफगानिस्तान बन्नबाट जोगाउन एमसीसी फिर्ता पठाउनुपर्छ

  • Ad Space available
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ‘अमेरिकी साम्राज्यवाद’ प्रवेश गरेको देश कसरी तहसनहस हुन्छ भन्ने कुरा अफगानिस्तानबाट सिक्नुपर्ने बताएका छन्।

    अमेरिका आफ्नो रणनीतिअनुसार एमसीसीमार्फत नेपालमा प्रवेश गर्न चाहेको उल्लेख गर्दै केसीले नेपालमा अमेरिकी चलखेल हुनु भनेको देश अफगानिस्तान जस्तै हुने बताए।

    ad space

    बिहीबार एक वक्तव्य प्रकाशित गरी केसीले भनेका छन्, ‘नेपालमा पनि साम्राज्यवादी र बाह्य शक्तिहरूको ठुलो चलखेल हुने गरेको छ। अमेरिकाले आफ्नो साम्राज्यवादी रणनीति एमसीसीलाई नेपालमा लाद्न खोजेको छ।’

    उनले इण्डोप्यासिफिक रणनीतिअन्तर्गत अमेरिकाले नेपाललाई चीनका विरुद्धको मोर्चामा सामेल गर्न वा नेपाललाई युद्धको अखडा बनाउने रणनीतिअन्तर्गत काम गरेको आरोप लगाएका छन्।

    केसीले अफगानिस्तानको घटनाको प्रभाव विश्व, दक्षिण एसिया र नेपालमा समेत पर्न सक्छ भन्दै त्यो घटनाबाट पाठ सिक्नुपर्ने बताएका छन्।

    यस्तै उनले केही समय यता जातीय एकता, सामाजिक र धार्मिक सद्भाव, राष्ट्रियता, राष्ट्रिय एकता, राष्ट्रिय अखण्डता, सार्वभौमिकता जस्ता कुरामा आँच पुग्ने गतिविधिहरू भइरहेको भन्दै जातीय र धार्मिक विद्वेष, साम्प्रदायिकता, क्षेत्रीयतावाद, राष्ट्रिय विखण्डनका सोचलाई आतङ्कवादको झिल्कोले अकल्पनीय विध्वंसतिर लैजाने चेतावनीसमेत दिएका छन्।

  • ad space
  • सिफारिस
    लोकप्रिय