• vacancy ad
  • माधव नेपालको पार्टी सनाखतसँगै मन्त्रिपरिषद्ले पूर्णता पाउँछ : प्रचण्ड

  • Ad Space available
  • काठमाडाैं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले
    एमालेबाट विभाजित भएको एमाले समाजवादीको दर्ताका लागि सनाखत भएलगत्तै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन्।

    समाजवादी केन्द्र नेपालले आयोजना गरेको ‘एक्काइशौं शताब्दीको मार्क्सवाद र समाजवाद’ विषयक अन्तर्क्रियामा अध्यक्ष प्रचण्डले मन्त्रिपरिषद् विस्तारका विषयमा नयाँ परिस्थिति बनेको बताए।

    ad space

    उनले भने, ‘आज बिहान मात्रै प्रधानमन्त्री शेरबहादुर देउवा, माधव नेपाल र म बसेका थियौं, अब ढिलो गर्नुहुँदैन, छिटो टुङ्ग्याउनुपर्छ भनेका छौं। हिजो दर्ता भएको पार्टीको सनाखत टुङ्गिने वित्तिकै मन्त्रिपरिषद् विस्तार टुङ्ग्याउनुपर्छ भन्ने सहमति भएको छ।”

    उनले अहिले सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशको उद्देश्य लोकतन्त्र र संविधानको रक्षाका लागि भएको जिकिर गरे।

    उनले भने, ‘पहिले ल्याएका अध्यादेश लोकतन्त्र र संविधान सिध्याउने उद्देश्यले ल्याइएका थिए, अहिलेको अध्यादेश लोकतन्त्र, संविधान र गणतन्त्रको रक्षाका लागि ल्याइएको हो।’

    अर्को प्रसङ्गमा अध्यक्ष प्रचण्डले मार्क्सवादबारे तीन थरी दृष्टिकोण देखिएको भन्दै पहिलोले मार्क्सवादको यान्त्रिकरण गरेर सोच्ने जडसुत्रवादी प्रवृत्ति, दोस्रोले मार्क्सवादलाई त्याग्न खोज्ने वर्ग संघर्ष होइन वर्गसमन्वयको प्रवृत्ति र तेस्रो चलायमान देखिएको मध्यपन्थी प्रवृित्त रहेको टिप्पणी गरे।

    अबको मार्क्सवादबारे रचनात्मक, सिर्जनात्मक ढंगले विचार, विमर्श गरेर नयाँ विश्लेषण निकाल्न आवश्यक रहेकोमा अध्यक्ष प्रचण्डले जोड दिए।

    कार्यक्रममा संघीय समाजजादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले पुँजीवाद दिगो हुुनसक्दैन भन्नेमा विश्वमै आम सहमति बनिसकेको बताउँदै विकल्प कस्तो समाजवाद भन्ने बहस जारी रहेको बताए।

    उनले पुँजीवादसँगै अहिले प्रयोगमा रहेको पुरानो समाजवादको प्रयोग पनि असफल भएको टिप्पणी गर्दै समाजवादको नयाँ स्परुपबारे पर्याप्त बहस र छलफल आवश्यक रहेकोमा जोड दिए।

  • ad space
  • सिफारिस