• vacancy ad
  • पहिरोमा पुरिएर नुवाकोटमा एक जनाको मृत्यु

  • Ad Space available
  • काठमाडौँ । नुवाकोटको बेलकोटगढी नगरपालिका–५ लामाचउरमा पहिरोमा परेर एक जनाको निधन भएको छ। गए राति झरेको पहिरोमा परेर स्थानीय ४३ वर्षीय विष्णुप्रसाद लामिछानेको मृत्यु भएको हो।

    घर माथिबाट खसेको पहिरो पन्छाउने क्रममा उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तुलबहादुर कार्कीले बताए।

    ad space

    उनकाअनुसार गए राति २ः३० बजे घरको करेसामा पहिरो पन्छाउने क्रममा खसेको पहिरोमा परेर लामिछानेको मृत्यु भएको हो।

    पहिरोमा पुरिएर लामिछानेको मृत्यु भएको हो। उनको शव परीक्षणका लागि त्रिशूली अस्पतालमा ल्याउन लागिएको छ। पहिराले घरसमेत जोखिममा परेको छ।

  • ad space
  • सिफारिस