

नेकपा एमाले औपचारिक रूपमा विभाजन भएको छ ।
वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले बुधबार निर्वाचन आयोगमा ५८ केन्द्रीय सदस्य र ३१ सांसदको हस्ताक्षरसहित दल दर्ताका लागि निवेदन दिएको हो ।
नयाँ दल दर्ताका लागि निवेदन दिएसँगै एमाले औपचारिक रूपमा विभाजित भएको छ । नेपाल पक्षले प्रस्तावित पार्टीको नाम नेकपा एमाले समाजवादी राखेको छ । तत्काल चुनाव चिह्न प्रस्ताव गरिएको छैन ।
नयाँ पार्टीमा नेपाल अध्यक्ष छन् भने झलनाथ खनाललाई वरिष्ठ नेता बनाइएको छ । त्यस्तै, केन्द्रीय कमिटी ९५ सदस्यीय प्रस्ताव गरिएको छ ।
सिफारिस