काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पार्टीको नाम नेकपा एमाले ९समाजवादी० राख्ने तय गरेको छ । सो समूहले पार्टीको नाम, चुनाव चिह्नलगायतका विषय टुंगो लगाइसकेको छ ।
तर विकल्पमा छलफल भइरहेको एक नेताले जानकारी दिए । पार्टीको नाम नेकपा एमाले (समाजवादी), नेकपा एमाले (क्रान्तिकारी), नेकपा समाजवादी, नेकपा एमाले (जनवादी), नेकपा (एकीकृत)लगायतका नाममा छलफल भएको छ ।
तर नेकपा एमाले (समाजवादी) राख्ने करिब टुंगो लागेको सो पार्टीका नेताहरुले बताएका छन् ।
तर चुनाव चिह्न भने सूर्य नछाड्ने निष्कर्ष निकालेको एक नेताले जानकारी दिए ।
सिफारिस
लोकप्रिय