नेकपा एमालेका नेता भीम रावलले दल विभाजनसम्बन्धी अध्यादेशले देशलाई अस्थिर तुल्याउने बताएका छन् ।आजको मन्त्रिपरिषद्ले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन सिफारिस गरेपछि ट्विटरमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता रावलले यस्तो बताएका हुन् ।
अध्यादेश संविधानको मर्म र जनताको आकांक्षा विपरीत निहित स्वार्थको लागि देशलाई अस्थिर तुल्याउने खेल भएको उनको टिप्पणी छ । उनले विगतमा यस्तै अध्यादेशलाई अलोकतान्त्रिक भन्दै चर्को विरोध गर्नेहरू नै आज त्यही बाटो रोजेको भन्दै उनले प्रश्न गरेका छन् ।
“दल विभाजनसम्बन्धी अध्यादेश संविधानको मर्म र जनताको आकांक्षा विपरीत निहित स्वार्थको लागि देशलाई अस्थिर तुल्याउने खेल हो । विगतमा यस्तै अध्यादेशलाई अलोकतान्त्रिक भन्दै चर्को विरोध गर्नेहरू आज त्यही बाटोमा किन ? २०५४ सालमा एमाले फुटाउदा देशमा द्वन्द्व चर्किएको हेक्का नरहेको किन?” उनले ट्विटमा भनेका छन् ।



