• vacancy ad
  • `प्रधानमन्त्री देउवाले दल विभाजनसम्बन्धी अध्यादेश बिनासर्त फिर्ता लिनु पर्दछ´

  • Ad Space available
  • एमाले सचिव योगेश भट्टराईले दल विभाजनसम्बन्धी अध्यादेश विनासर्त फिर्ता लिन प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरेका छन् ।

    अध्यादेश मुलुकलाई घोर अस्थिरता र अराजकतातिर धकेलेर व्यवस्था र संविधानलाई धरासायी पार्ने सुनियोजित षडयन्त्र भएको बताएका छन् । ‘यो कदम हिजो पनि गलत थियो, आज पनि गलत छ र भोलि पनि गलत नै हुनेछ’ उनले भने, ‘विगतको फोहोरी राजनीतिक अभ्यासका दुस्परिणामबाट शिक्षा नलिनु र पुरानै गल्ती दोहोर्‍याउनु समकालीन नेतृत्वको घोर असफलता हो । प्रधानमन्त्री देउवाले यो अध्यादेश बिनासर्त फिर्ता लिनु पर्दछ ।’

    ad space

    नेता भट्टराईले मुलुक र भावी पुस्ताको भविष्य सम्झेर एमाले अध्यक्ष केपी ओली र माधव नेपाल केही कदम पछि हटेर त्यागका साथ सम्झौता गर्नु पर्ने पनि बताएका छन् ।

  • ad space
  • सिफारिस
    लोकप्रिय