• vacancy ad
  • प्रदेश २ को प्रमुखमा मिश्र नियुक्त

  • Ad Space available
  • राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नं २ को प्रमुखमा हरिशङ्कर मिश्रलाई नियुक्त गरेकी छन् ।

    राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित समारोहमा राष्ट्रपति भण्डारीले उनलाई पद तथा गोपनीयताको शपथग्रहण गराएकी हुन् । राष्ट्रपति भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को गत साउन ३२ गतेको बैठकको निर्णय एवं प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम महोत्तरीका मिश्रलाई प्रदेश नं २ को प्रमुखमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

    ad space

    यसअघि राष्ट्रपति भण्डारीले आजै नेपाल सरकार, मन्त्रिपरिषद्को गत साउन ३२ गते बसेको बैठकको निर्णय एवं प्रधानमन्त्री देउवाको सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश नं २ का प्रमुख राजेश झालाई पदमुक्त गरेको प्रवक्ता पन्तद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

  • ad space
  • सिफारिस
    लोकप्रिय