काठमाडौं। दोस्रो टेस्टमा भारतले इंग्ल्याण्डलाई १५१ रनको फराकिलो अन्तरले हराएको छ ।
लर्डसमा भएको खेलमा इंग्ल्याण्डलाई जितका लागि २७२ रन आवश्यक थियो । नटिंघममा भएको पहिलो टेस्ट वर्षाका कारण प्रभावित भएपछि बराबरीमा सकिएको थियो ।
यो जितसँगै भारतले १–० को अग्रता कायम गरेको छ। १२ अगस्टमा सुरु भएको दोस्रो टेस्टमा इंग्ल्याण्डका कप्तान जोए रुटले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए ।
भारतीय टोलीले पहिलो पारीमा ३६४ रन बनाएको थियो भने इंग्ल्याण्डले ३९१ रन बनाएर २७ रनको अग्रता बनाएको थियो ।
दोस्रो पारीमा भारतीय टोलीले ८ विकेटको नोक्सानीमा २९८ रन बनाएर पारी समाप्तिको घोषणा गरेपछि इंग्ल्याण्डलाई जितका लागि २७२ रन चाहिएको थियो ।
सिफारिस
लोकप्रिय