• vacancy ad
  • आफ्नो घरबार बिगारिदिएको भन्दै किशोरीको हत्या

  • Ad Space available
  • उदयपुरको त्रियुगा नगरपालिका–६ मोहनपुरकी १६ वर्षीया एक किशोरीको हत्या आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ।

    स्थानीय १६ वर्षीया कृशला चौधरीको हत्या आरोपमा प्रहरीले सप्तरीको सुरुङ्गा नगरपालिका–१ का २७ वर्षीय उचितलाल सदा र २३ वर्षीय विषे सदालाई पक्राउ गरेको हो।

    ad space

    जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक सुवाचन्द्र बोहोराका अनुसार आफ्नो घरबार बिगारिदिएको भन्दै उचितलालले विषेसँग मिलेर कृशलाको हत्या गरेको प्रारम्भिक बयानमा खुलेको छ।

    जेठी पत्निले छोडेपछि उचितलालले कान्छी ल्याएका थिए। कान्छी पत्निले पनि उचितलालाई छोडेर हिँडेपछि उनी एक्ला भएका थिए। कान्छी श्रीमतीले छोडेर हिँडेपछि उचितलालले त्यसको दोष कृशलालाई लगाउँदै आएका थिए। त्यसैको प्रतिशोधमा उचितलाल र विषे मिलेर कृशलाको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ। उचितलालकी कान्छी श्रीमती र कृशला मिल्ने साथी थिए।

    ‘कान्छी श्रीमतीले पनि छोडेर हिँडेपछि उचितलालले कृशलासँग बदला लिने योजना बनाएको देखिन्छ,’ प्रहरी उपरीक्षक बोहोराले भने, ‘त्यही योजना अनुसार बिष खुवाएर कृशलाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उचितलालले विषेको सहयोग लिइ गएको साउन १३ गते राति साढे १० बजे कृशलाको हत्या गरेको प्रहरीले जनाएको छ।

    साउन १३ गते दिउँसो घरबाटै हराएकी कृशलाको शव त्यसको एक सातापछि सडेको अवस्थामा साउन १९ गते त्रियुगा नगरपालिका–६ कै राजदेवी सामुदायिक वनमा फेला परेको थियो। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • ad space
  • सिफारिस
    लोकप्रिय