• vacancy ad
  • आयोगको निर्णयविरूद्ध सर्वोच्च गएका ठाकुरको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार

  • Ad Space available
  • काठमाडाैं। सर्वोच्च अदालतले जनता समाजवादी पार्टीका तत्कालीन अध्यक्ष महन्थ ठाकुरको पार्टीको आधिकारिकताको विषयमा दायर गरेको रिट निवेदनमा अन्तरिम जारी गर्न अस्वीकार गरेको छ।

    न्यायाधीशद्वय दीपककुमार कार्की र डा.आनन्दमोहन भट्टराईको संयुक्त इजलासले ठाकुरलाई अन्तरिम आदेश दिन अस्वीकार गरेपछि निर्वाचन आयोगले जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षको आधिकारिकता सदर भएको छ।

    ad space

    “दलको आधिकारिताबारे आयोगबाट यही २०७८/४/११ मा निर्णय गरेको देखियो”, आदेशमा भएिको छ, “सो निर्णय कानून बमोजिम छ वा छैन भन्ने अन्तिम निर्णयको विषय देखिएको, उठाइएका अन्य विषय अन्तिम निर्णय हुँदा विचार हुने नै भएको र निवेदकलाई तत्काल अपूरणीय क्षति पुग्ने अवस्था नदेखिएको समेतबाट सुविधा र सन्तुलनलाई दृष्टिगत गर्दा हाल माग बमोजिम अन्तरिम आदेश जारी गर्नुपरेन।”

    पार्टी आधिकारिकताको सन्दर्भमा आयोगले गरेको निर्णय खारेजीको माग गर्दै ठाकुरले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए।

    सो रिटमा साउन १० गते न्यायाधीश कुमार रेग्मीको एकल इजलासले अन्तरिम आदेशका लागि छलफलमा बोलाउने आदेश गरेको थियो। यही साउन १५ गते न्यायाधीशद्वय ईश्वर खतिवडा र कुमार चुडालको संयुक्त इजलासले दुवै मुद्दालाई सँगै राखेर सुनुवाइ गर्ने आदेश गरेको थियो।

  • ad space
  • सिफारिस