• vacancy ad
  • ‘हेलो सिएम’ कक्षमा घट्यो नागरिकको गुनासो

  • Ad Space available
  • महेन्द्रनगर। सुदूरपश्चिम प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा व्यवस्था गरिएको ‘हेलो सिएम’(हेलो मुख्य मन्त्री) कक्षमा नागरिकको गुनासो आउन छाडेको छ।

    नागरिकमा गुनासो सम्बोधन हुँदैन भन्ने लागेर नै गुनासो नआएको हुनसक्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, योजना तथा अनुगमन शाखाका अधिकृत नरेन्द्र शाहले बताए।

    ad space

    ‘प्रदेश सरकारको अधिकार क्षेत्र र गर्नसक्ने कामका बारेमा जनताको बुझाइमा नै कमजोरी देखियो’, उनले भने, “तर पनि संघीय र स्थानीय तहका सरकार र कार्यालयद्वारा सम्बोधन हुनुपर्ने गुनासोसमेत सम्बोधन गर्न गराउन समन्वयकारी भूमिका निर्वाह गरिरहेकै छौं ।’

    आउने गुनासोको सम्बोधनका लागि सम्बन्धित निकायमा लेखी पठाउने गरिएको र प्रदेश सरकार मातहतका कार्यालयमार्फत् सम्बोधन गर्न सकिने गुनासाको सम्बोधन भइरहेको शाहले बताए।

    जनताको गुनासो सम्बोधन गर्न र सुझाव प्राप्त गर्न कार्यालयको पहलमा छुट्टै सफ्टवेयर निर्माण भइरहेकोले यो सफ्टवेयर निर्माणपछि गुनासो सम्बोधनको काम प्रभावकारी हुने बताइएको छ।

    ‘हेलो सिएम’ कक्षका कर्मचारी देवप्रसाद उपाध्यायले गएको मङ्सिरयता एउटा मात्र गुनासो आएको बताए।

    ‘मङ्सिर महिनामा कैलाली जिल्लाको कैलारी गाउँपालिकामा गरिएको सडक कालोपत्र बारेको गुनासो आएको थियो, त्यसयता कसैको पनि गुनासो आएको छैन’, ’उपाध्यायले भने, ‘सडक कालोपत्रसम्बन्धी गुनासो सम्बोधनको पहल गरिएको छ ।’

    हेलो सिएम कक्षमा जनगुनासो तथा सुझाव दिनका लागि पैसा नलाग्ने (टोल फ्रि) टेलिफोन नम्बर १६६०—९१५२७२३को व्यवस्था गरिएको छ। जन गुनासोको सुनुवाइ गर्दै जनतालाई सुशासनको अनुभूति गराउने सोच अनुरुप सुदूरपश्चिम प्रदेश सरकार गठन भएकै वर्ष ‘हेलो सिएम’ कक्षको स्थापना गरिएको थियो।

  • ad space
  • सिफारिस