![](https://batikanews.com/wp-content/uploads/2025/01/samsadiya-samiti-ramhari-khatiwada-80x100.jpg)
![](https://batikanews.com/wp-content/uploads/2021/06/Mansoon_weather.jpg)
काठमाडाैं। अझै तीन दिन देशभर मनसुन सक्रिय हुने भएको छ। मनसुनी न्यून चापीय रेखा नेपालको तराई– भूभाग नजिकै रहेकाले अझै तीन दिन मनसुन सक्रिय हुने देखिएको जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जु बासीले बताए।
“आगामी तीन दिन प्रदेश–१, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ”, उनले भने। यस अवधिमा दिउँसो भन्दा रातको समय वर्षा लामो समय हुने बताइएको छ।
विभागले प्रदेश–१, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्र्यान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।
हाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश–१, २, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको औंल्याइएको छ।
दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाको साथै प्रदेश–१, वाग्मती, गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्ननसहित भारी वर्षाको सम्भावना रहेको बताइएको छ।