• vacancy ad
  • वाग्मती प्रदेशसभा बैठक भदौ १ गते बस्ने

  • Ad Space available
  • हेटाैंडा। वाग्मती प्रदेशसभाको बैठक भदौ १ गते मंगलबार बस्ने भएको छ। बैठक मङ्गलबार अपराह्न २ बजेका लागि बोलाइएको प्रदेशसभा सचिवालयका सहायक प्रवक्ता सुन्दर पन्तले जानकारी दिए।

    उनका अनुसार बैठकका लागि आज अपरान्ह ४ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने भएको छ।

    ad space

    यसअघि गत असार २८ गते दुई विधेयक पारित गरिएपछि प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अनिश्चितकालका लागि बैठक स्थगित गरेका थिए।

    सो बैठकमा उच्च शिक्षासम्बन्धी विधेयक र पर्यटनसम्बन्धी विधेयक पारित गरिएको थियो।

  • ad space
  • सिफारिस
    लोकप्रिय