• vacancy ad
  • भूपू ब्रिटिस गोर्खालाई आमरण अनसन फिर्ता लिन आग्रह

  • Ad Space available
  • काठमाडौं। सरकारले बेलायतका प्रधानमन्त्रीको कार्यालयअघि आमरण अनसनमा बसेका भूपू ब्रिटिस गोर्खाहरूलाई अनसन फिर्ता लिन आग्रह गरेको छ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सम्बोधन हुन बाँकी समस्या कूटनीतिक माध्यमबाट समाधान गर्ने प्रतिबद्धता जनाउँदै अनसन फिर्ता लिन अनुरोध गरेको हो।

    ad space

    त्यसका लागि कूटनीतिक प्रक्रिया समेत अगाडि बढिसकेको जानकारी समेत सरकारले दिएको छ । कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आमरण अनसन लगायतका विरोध कार्यक्रम फिर्ता लिन भूतपूर्व ब्रिटिस गोर्खा सम्बन्ध सबैलाई आह्वान गरेको जानकारी दिए।

  • ad space
  • सिफारिस
    लोकप्रिय