• vacancy ad
  • कोरोनाको तेस्रो लहर रोकथामका लागि पूर्वतयारी

  • Ad Space available
  • कञ्चनपुर। कोरोनाको तेस्रो लहर रोकथामका लागि जिल्लामा पूर्वतयारी थालिएको छ। मास्क अनिवार्य गराउन जनचेतना फैलाउने कार्यसँगै सर्वसाधारणलाई सचेत पार्ने कार्य पनि तीव्रताका साथ अगाडि बढाइएको छ।

    प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयका अनुसार जिल्लाभर मास्क लगाउन र स्वास्थ्यका मापदण्ड पूर्णरूपमा पालना गराउन अभियान सञ्चालन गरिएको हो।

    ad space

    त्रिनगर र गड्डाचौकी सीमा नाकामा एक/एक हजार अट्ने होल्डिङ सेन्टर केही दिनभित्रै पूरा हुने तयारीमा रहेको उनको भनाइ थियो।

    जिल्लामा कोरोनाविरुद्धको खोप लगाउने कार्य जारी छ। स्वास्थ्य कार्यालयका खोप शाखा प्रमुख जनक कुँवरका अनुसार हालसम्म खोप ३५ प्रतिशतले लगाइसकेका छन्।

  • ad space
  • सिफारिस
    लोकप्रिय