माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल `प्रचण्ड´ले अफगानिस्तानमा रहेको नेपालीको उद्धारका लागि प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गरेका छन् ।
उनले सोमबार एक वक्तव्य जारी गर्दै अफगानिस्तानमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमप्रति आफू र पार्टीको गम्भीर ध्यानाकर्षण भएको पनि जनाएका छन् ।
उनले हालको सर्वाधिक महत्त्वपूर्ण विषय त्यहाँ रहेका नेपालीहरूको सुरक्षा र उद्धार रहेको पनि बताएका छन् । त्यसमा आफ्नो पार्टीको सहयोग रहने उनको भनाइ छ ।
“हाल दक्षिण एशियाली मुलुक अफगानिस्तानमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम प्रति म र हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । यस आपातकालीन अवस्थामा सर्वाधिक महत्त्वको कुरा त्यहाँ रहेका नेपालीको सुरक्षा र उद्धार हो, परिस्थितिलाई मध्यनजर गर्दै सरकारले अविलम्ब प्रभावकारी कदम चालोस्,
” उनले भनेका छन्, “यसका लागि मेरो व्यक्तिगत एवं पार्टीको तर्फबाट आवश्यक सम्पूर्ण पहल र सहयोग हुने पनि जानकारी गराउँदछु ।”