तालिबानी लडाकुको नियन्त्रणमा रहेको अफगानिस्तानमा रहेका नेपालीलाई छिटोभन्दन छिटो उद्धार गरिने भएको छ । सरकारले अफगानिस्तानमा रहेका नेपालीलाई छिटो उद्धार गर्ने निर्णय गरेको हो ।
आज बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले अफगानिस्तानमा विकसित घटनाप्रति गम्भीर चासो लिँदै त्यहाँ रहेका नेपालीलाई सकुशल रूपमा छिटो उद्धार गर्ने निर्णय भएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
उनले भने, ‘अफगानिस्तानमा विकसित घटनाप्रति गम्भीर चासो लिँदै त्यहाँ रहेका नेपालीलाई सकुशल शीघ्र उद्धार गर्ने र त्यसका लागि समन्वयात्मक रूपले काम गर्न निर्देशन दिने निर्णय भएको छ ।’
सिफारिस
लोकप्रिय