तालिबान लडाकुले अफगानिस्तानको राजधानी काबुललाई नियन्त्रण लिनुअघि देश छोडका राष्ट्रपति असरफ गानी उज्बेकिस्तानको राजधानी तासकन्द पुगेको छन् ।
कतारी समाचार संस्था अल जजिराले उनका निजी सुरक्षालगार्डलाई उद्धृत् गर्दै लेखेअनुसार राष्ट्रपति गनी, उनकी पत्नी, सेना प्रमुख र राष्ट्रिय सुरक्षा सल्लाहकार तासकन्द पुगेका हुन्।
यता अफगानिस्तानको राजधानी काबुलमा नियन्त्रण कायम गरेपछि तालिबानले “लडाइँ सकिएको” दाबी गरेको छ ।
यसैबीच एउटा फेसबुक पोस्टमा अफगान नागरिकहरूलाई सम्बोधन गर्दै गानीले रक्तपात रोक्नका लागि
उक्त निर्णय लिएको बताएका छन् ।
´आज मैले एउटा कठिन निर्णय गर्नुपर्ने थियो । तालिबान (राष्ट्रपति भवन) मा आउन चाहन्थे, उनीहरूका उभिऔँ वा आफ्नो प्यारो जसको सुरक्षार्थ विगतका २० वर्ष मैले आफ्नो जीवन समर्पण गरेँ त्यसलाई छौडौँ?` उनले लेखेका छन्, ´यदि यस क्रममा अनगिन्ती मानिसहरू मारिन्थे र हामीले काबुल सहरको विध्वंश देख्नुपर्थ्यो भने त्यसबाट ६० लाखको जनसङ्ख्या भएको सहरमा ठूलो मानवीय त्रासदी उत्पन्न हुन्थ्यो ।
`
उनले तालिबानले हतियारको बलमा विजय हासिल गरेको आरोप लगाएका छन् । उनले अब अफगानहरूको इमान, सम्पत्ति तथा आत्मसम्मानको रक्षाको जिम्मा तालिबानको रहेको पनि बताएका छन् । तर तालिबानले अफगानी जनताको मन जित्न नसक्ने उनको भनाई छ ।
´तर उनीहरूले मन जित्न सक्दैनन्। इतिहासमा कहिल्यै पनि कसैलाई पनि शक्तिले मात्र यो हक प्राप्त भएको छैन र मिल्ने पनि छैन । अब उनीहरूले एउटा ऐतिहासिक परीक्षाको सामान गर्नुपर्नेछ` उनले लेखेका छन् ।