• vacancy ad
  • बाइडनको राजीनामा माग्दै डाेनाल्ड ट्रम्प

  • Ad Space available
  • काठमाडौँ । अफगानिस्तान मामिलामा चौतर्फी आलोचना खेपिरहेका अमेरिकाका राष्ट्रपति जो बाइडेनलाई पदबाट राजीनामा दिन पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले माग गरेका छन्।

    ट्रम्पले भनेका छन्, ‘अफगानिस्तानमा जसलाई उनले अनुमति दिए, त्यस अपमानका लागि उनले राजीनामा दिन जरुरी छ।’ साथै ट्रम्पले आफू राष्ट्रपति भएको भए अफगानिस्तानबाट अमेरिकाको बहिर्गमन ‘एकदमै फरक र सफलतापूर्वक’ हुने दाबीसमेत गरेका छन्।

    ad space

    उता बाइडेन प्रशासनले पनि जवाफ दिँदै भनेको छ– ‘अमेरिका–तालिबान सम्झौता ट्रम्पकै पालामा भएको हो।’
    यद्यपि अफगानिस्तानबाट निस्किने सवालमा सम्झौताको सही विवरण बाइडेन प्रशासनलाई दिइएको थियो। बीबीसीका अमेरिका सम्पादक जोन सोपेलले लेखिसकेका छन्, ‘नीति ट्रम्पको भए पनि यस अराजकताको जिम्मेवारी बाइडेनले लिनुपर्छ।’

    आफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि बाइडेनको आलोचना भइरहेको छ। बाइडेन प्रशासनका अधिकारीले स्वीकार गरेका छन्– ‘आफूहरूले अफगान सुरक्षा बलको शक्ति वास्तविकताभन्दा बढी नै आकलन गरेका थियौं।’

    विदेशमन्त्री एन्थनी ब्लिंकनले सीएनएन न्युजसँग भनेका छन्, ‘हामीले जुन अनुमान गरेका थियौं, त्यसअघि देखि नै देश ९अफगानिस्तान० भत्किन थालिसकेको थियो।’

  • ad space
  • सिफारिस
    लोकप्रिय