• vacancy ad
  • ‘इस्लामिक इमिरेट अफ अफगानिस्तान’ घोषणा गर्ने तयारीमा तालिबान

  • Ad Space available
  • काठमाडौं । अफगानिस्तानको विद्रोही समूह तालिबानले ‘इस्लामिक इमिरेट अफ अफगानिस्तान’ घोषणा गर्ने तयारी गरेको छ । आइतबार बिहान मात्रै काबुल प्रवेश गरेको तालिबानले आफू नेतृत्वको नयाँ सत्ता घोषणा गर्न लागेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

    समाचार संस्था गार्डेनले तालिबानी स्रोतलाई उल्लेख गदै चाँडै तालिबानले ‘इस्लामिक इमिरेट अफ अफगानिस्तान’ घोषणा गर्न लागेको जनाएको छ । समाचारमा तालिबानले राष्ट्रपती निवास (प्रेसिडेन्सियल प्यालेस) बाटै त्यसको घोषणा गर्ने तयारी गरेको उल्लेख छ ।

    ad space

    तालिबानी लडाकुहरू राजधानी काबुल प्रवेश गरेपछि अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले आइतबार साँझ देश छोडेका थिए । राष्ट्रपति घानी काजिकिस्तानका लागि उडेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

    पछिल्लो समय अमेरिकाले अफगानिस्तानको युद्धबाट पछि हटेपछि तालिबान बलियो बनेको हो ।

  • ad space
  • सिफारिस
    लोकप्रिय