• vacancy ad
  • अमेरिकामा नेपालीको दैलो दैलोमा कर्मकाण्डको पुरै प्याकेज

  • Ad Space available
  • न्युयोर्क
    नेपालीहरु बिदेशिने क्रम दिन दिनै बढदै जादा प्रबासी नेपाली लक्षित नयाँ नयाँ स्वरुपका ब्यापार ब्यवसाय पनि बिदेशमा बढन थालेका छन् । यस्ता थुप्रै ब्यापार ब्यवसायहरु माझ अमेरिकामा बिल्कुल नयाँ स्वरुपको ब्यवसाय सुरु भएको छ ।

    महिला उधेमी सम्झना खनालले कर्मकाण्डको पुरै प्याकेज समेटिएको सिंगो बट्टा नै घर घरमा पुर्याउने नौलो ब्यवसाय अमेरिकामा सुरु गरेकी हुन । खरखरे डट कम ( www.kharkhare.com) नामक अनलाईन वेब साईट मार्फत कर्मकाण्डका पुरै बिधी अनुसारका सामान प्याकेजकै रुपमा घर घरमा पुर्याउने ब्यवसाय उनले हालै संचालनमा ल्याएकी हुन । भर्खरै संचालमा आएको खरखरेले कर्मकाण्डको लागि आबस्यक पर्ने जनै सुपारी दुना टपरी आँप चाँप पिपलको पात देखी गाईको गोबरसम्म प्याकेजमा राखेको कम्पनीद्वारा जारी प्रेस बिज्ञप्तीमा जनाईएको छ ।
    देश छाडेर परदेश बसाई सरे पछी नेपालीहरुमा हाम्रा धर्म र संक्रिती प्रती अझ धेरै मोह बढने गरेको छ ।यही परिप्रेक्षमा धर्म र साँस्कृतिसँग सम्बन्धित सर सामानको ब्यवसायले पक्कै पनि प्रबासमा सुबिधा दिने छ भन्ने अपेक्ष्या गरेको बताउछिन् कम्पनीकी प्रोप्राईटर खनाल ।खनाल भन्छिन् घरमा आयोजना गरिने हरेक प्रकारमा पूजा पाठका लागि पण्डितले दिने लिस्ट अनुसारका सामान जुटाउन पसल पसल कुदेर हिंड्नु अहिले नेपाल भित्रै निक्कै झन्झट छ भने तेश्रो विश्वमा त त्यो झनै गार्हो भएकोले नेपालीहरुको सुबिधाको लागि कर्मकाण्डका लागि आबस्यक सामान प्याकेज कै रुपमा घर घरमा पुर्याउने गरी ब्यवसाय सुरु गरेको बताउछिन् । खनालले भनिन्- जसलाई जे पूजा लगाउनु पर्ने हो त्यसका लागि चाहिने सबै सामग्री हामी एउटै प्याकेजमा उपलब्ध गराउछौँ ।’पूजा प्याकेज अन्तर्गत रुद्रि पूजा, सन्तानको अन्न प्रशान, न्वारन, श्राद्ध गृह प्रबेश लगायत हिन्दु परम्पराका बिभिन्न पूजाआजाका लागि चाहिने सामग्री एउटै प्याकेजमा खरिद गर्न मिल्छ । एउटा प्याकेजको मुल्य हाललाई $५९.९९ ( उनान्न साट्ठी डलर उनान्न सय सेण्ट ) राखिएको छ ।

    ad space

    त्यसो त खरखरेले कर्मकाण्डको प्याकेज मात्र डेलिभरी गर्दैन । खरखरेमा नेपाली हस्तकला, नेपाली गहना, चुरा धागो पोते नेपाली लोक बाजागाजा, खाना, नेपाली प्रचलनका भाँडाकुँडा लत्ता कपडा पनि उचित मूल्यमा खरिद गर्न सकिन्छ । लोक बाजागाजा अन्तर्गत मादल, बाँसुरी, झ्याली, झ्याम्टा, सारङि लगायत उपलब्ध छन् । भाँडाकुँडा अन्तर्गत तामाको खड्कुँडो, गाग्री, चरेसको थाल, कचौरा, कलश, चाँदीको पूजा थाली लगायत पाइन्छ ।

  • ad space
  • सिफारिस
    लोकप्रिय