• vacancy ad
  • अफगानिस्तानमा अनौपचारिक क्षेत्रमा कार्यरत नेपालीबारे अध्ययन गर्न संयन्त्र

  • Ad Space available
  • काठमाडौं। अफगानिस्तानमा अनौपचारिक क्षेत्रमा कार्यरत नेपालीको संख्याबारे तथ्यांक नहुँदा उद्धारमा समस्या भएको छ।

    औपचारिक क्षेत्रमा कार्यरत करीब १५ सय नेपालीलाई भने अरु कर्मचारीहरुसँगै सुरक्षित स्थानमा लैजान प्रयास भइरहेको छ।

    ad space

    संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आइतबार बसेको बैठकमा परराष्ट्र सचिव पौडेलले अनौपचारिक क्षेत्रमा कार्यरत नेपालीहरुलाई सम्पर्कमा आउन सूचना जारी गर्ने तयारी भइरहेको बताए।

    आइतबार बिहान मात्र मुख्यसचिवको नेतृत्वमा बसेको बैठकले परराष्ट्रका सहसचिव हरिशचन्द्र घिमिरेको नेतृत्वमा संयन्त्र निर्माण गरेको छ। जसमा सीसीएमसीका साथै गृह, पर्यटन लगायतका मन्त्रालयका प्रतिनिधि रहनेछन् ।

    संयन्त्रले पनि अनौपचारिक क्षेत्रमा रहेका नेपालीहरुको अवस्थाबारे अध्ययन गर्ने परराष्ट्र सचिव पौडेलले जानकारी दिए।

    औपचारिक क्षेत्रमा कार्यरत नेपालीहरुको उद्धारका लागि भने नेपालस्थित कूटनीतिक नियोगहरुसँग पनि कुराकानी भइरहेको उनले जानकारी दिए।

  • ad space
  • सिफारिस
    लोकप्रिय