• vacancy ad
  • वाग्मतीमा ११ लाखले पाए पूर्ण खोप

  • Ad Space available
  • काठमाडाैं। वाग्मती प्रदेशमा कोरोना भाइरस सङ्क्रमणविरुद्धको पूर्ण खोप लगाउने नागरिकको सङ्ख्या हालसम्म १० लाख ८२ हजार ३९० रहेको छ।

    सामाजिक विकास मन्त्रालयका अनुसार सो तथ्यांक हालसम्म १८ वर्ष भन्दामाथिका नागरिकले पूर्ण खोप लगाएको सङ्ख्या हो। प्रदेशमा रहेका १८ वर्ष माथिको जनसङ्ख्यामध्येमा १९ प्रतिशत नागरिकले पूर्ण खोप लगाएका छन्।

    सरकारले खोप उपलब्धता पर्याप्त गराएसँगै कोभिसिल्ड वा भेरोसेल खोपमध्ये कुनै खोपका दुवै डोज र जोनसेन गरी पूर्ण खोप लगाउने नागरिकको सङ्ख्या ११ लाख पुग्न लागेको मन्त्रालयले जनाएको छ।

    यसैगरी १८ वर्ष भन्दामाथिका व्यक्तिले कुनै एउटा खोपको पहिलो मात्रा खोप लगाएका नागरिकको सङ्ख्या आठ लाख ४७ हजार २०२ रहेको छ।

    सिफारिस
    लोकप्रिय